फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी प्रतिरोधका विविध कथा

(GMT+08:00) 2020-02-18 16:39:59

चिनियाँहरुको आवागमनमा सबैभन्दा बढी भीडभाडयुक्त अवधिमा देखापरेको नयाँ कोरोना भाइरसले चिनियाँको परम्परागत वसन्त चाड मनाउने शैलीमा परिवर्तन ल्याएको छ। केही व्यक्तिहरुले घर छोडेर महामारी विरुद्ध युद्ध गर्नका लागि दिनरात नभनी जनताको जीवनरक्षाका लागि आफ्नै ज्यानको बाजी लगाएका छन्।

यो महामारी प्रकोप यता लगभग ७० हजारभन्दा बढी नयाँ कोरोनाबाट सङक्रमित भएका छन् भने कम्तीमा १७७० जनाको मृत्यु भएको छ। यस महामारी प्रकोपको प्रतिरोध तथा नियन्त्रणका लागि एक करोडभन्दा बढी जनसंख्या रहेको वुहान शहरले अस्थायी रुपमा त्यहाँ आउने जाने सबै प्रकारका ढुवानीमाध्यम बन्द गरेको छ।

वुहानवासीहरू घरमै बसेका छन् भने सारा देशका विभिन्न स्थलका प्रशस्त चिकित्सा तथा नर्स वुहान पुगेका छन्। यसका अतिरिक्त अस्पताल बाहिर केहीले शहरी सडकमा यस महामारी प्रकोपसँग युद्ध गर्नका लागि प्रयास गरिरहेका छन्। उदाहरणका लागि बिरामीलाई अस्पतालतर्फ उठाउने र मालसामानको ढुवानी गर्नेहरू अधिकांश स्वयं सेवक रहेका छन्।

जानकारी तथा लेखहरु