फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माओको मास्क लगाइएको फोटो प्रकाशनप्रति चाइना मिडिया ग्रुपको आपत्ति

(GMT+08:00) 2020-02-18 17:08:34
नेपाली संचार क्षेत्रको अग्रणी कान्तिपुर संचारगृह अन्तर्गत द काठमाण्डु पोस्टले फेब्रुअरी १८ तारिख प्रकाशित गरेको फोटोप्रति चाइना मिडिया ग्रुप (सीएमजी)ले आपत्ति जनाएको छ। 'चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स्ट' शीर्षकको लेखमा १०० आरएमबीमा अंकित नयाँ चीनका प्रणेता माओ च तुङको फोटोमा मास्क टाँसिएको छ। चीनले आफ्ना नेताप्रति उच्च आदरभाव राख्ने बताउँदै नेपालस्थित सीएमजीका पत्रकार चाङ् युएले यस्तो फोटोबाट चिनियाँमाथि अपमान भएको उल्लेख गर्नुभएको हो।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएबाट यसबाट बच्नका लागि हाल चिनियाँहरूले मात्रै नभएर विश्व स्वास्थ्य संगठनको अपिल बमोजिम जो कोहीले मास्क लगाउने गरेका छन्। संवाददाता चाङ् युएले एउटा भिडियोमा मास्क लगाउँदै भन्नुभयो, 'यदि फोटो चाहिएको भए मेरो फोटो निःशूल्क प्रयोग गर्नुहोस् वा इन्टरनेटबाट खोज्नुहोस्।'

नेपाल र चीनबीचको सम्बन्ध निकै राम्रो हुँदाहुँदै पनि एउटा ठूलो राष्ट्रिय दैनिकबाट भएको कमजोरीप्रति खेद व्यक्त गर्दै पश्चिमा संचारमाध्यमको लहैलहैमा लागेर नकारात्मक भावना फैलिने खालका सामग्री चिनियाँका लागि स्वीकार्य नहुने संवाददाताले उल्लेख गर्नुभएको छ।


जानकारी तथा लेखहरु