फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्व स्वास्थ्य संगठनसँग महामारीको सूचना शेयर

(GMT+08:00) 2020-02-18 19:10:00
विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेद्रोस अढानोम घेब्रेयेससले १७ तारिख जेनेभामा चीनद्वारा सोही दिन सार्वजनिक गरेको एक शोधपत्रको प्रशंसा गर्नुभएको छ।

उहाँका अनुसार नयाँ कोरोना भाइरस संक्रमित निमोनियाका बिरामी निश्चित गरिएका ४४ हजार केसको विस्तृत डाटा समेटिएको यस शोधपत्रले विश्व स्वास्थ्य संगठनद्वारा सम्बन्धित प्रतिरोध तथा नियन्त्रण सुझाव निर्धारित गर्नका लागि निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ।

उहाँले यी तथ्याङ्कले केही शंकाको पनि समाधान गर्ने बताउँदै तथापि नयाँ कोरोना भाइरस सम्बद्ध धेरै प्रश्नको समाधान गर्नका लागि निरन्तर तथा गहन अनुसन्धान गर्न आवश्यक रहेको औंल्याउनुभयो। विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीले हाल चीन र चिनियाँ विशेषज्ञहरुसँग सहयोग गर्दै यी प्रश्नको समाधान खोजिरहेका छन्।

जानकारी तथा लेखहरु