फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भाइरस भन्दा डरलाग्दो के छ?

(GMT+08:00) 2020-02-18 19:10:36

नयाँ कारोना भाइरसको महामारी फैलिएपछि चीन सरकारले एक अर्ब चालीस करोड चिनियाँहरूको नेतृत्व गर्दै अभूतपूर्व साहस र अठोटका साथ "अदृश्य शत्रु" विरूद्ध अथक लडाइँ लडिरहेको छ। नयाँ कारोना भाइरस महामारीको रोकथाम र नियन्त्रणमा चीनको प्रयास र प्रभावकारिताले महामारीको रोकथाम र नियन्त्रणका लागि नयाँ अन्तर्राष्ट्रिय मापदण्डहरू स्थापना गरेको छ।

तर, केही पश्चिमा मुलुकले चीनप्रति नराम्रो प्रतिक्रिया जनाउँदै सूचना लुकाउन खोजेको भन्दै आलोचना गरेका छन्, यी देशहरुले अज्ञात मूलका भिडियोहरू फैलाउने, सार्वजनिक स्वास्थ्य सुरक्षा घटनाको प्रयोग गरेर चीनको राजनीतिक प्रणालीलाई बदनाम गर्ने गरेका छन्। यी टिप्पणीहरूले सम्पूर्ण चिनियाँलाई मात्रै चोट लागेको छैन तर सारा एशियाली जनसंख्यामा चोट पुर्याएको छ। उनीहरूको अहंकार र भेदभाव नयाँ कारोना भाइरसभन्दा पनि डरलाग्दो छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले आफूले चिनेका तथ्यहरूको आधारमा महामारी रोक्न निर्णायक कदमहरूका लागि चिनियाँ सरकारको प्रशंसा गर्नुभयो र आफ्नै बलिदानका लागि विश्व महामारीको लागि समय जितेको बताउनुभयो।

तर, केही पश्चिमा पत्रकारहरूले चीनले टेड्रोस अढानोम घेब्रेयससको कुरामा शंका गरिरहेका छन्। घेब्रेयससले महामारी विरूद्ध लडिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले गलत सूचना र हल्लाविरूद्ध लड्नुपर्नेमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु