फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले व्यावसायिक अवरोध हटाउनसक्ने चीनको आशा

(GMT+08:00) 2020-02-18 19:11:19
थाहाभए अनुसार, अमेरिकी सरकारले त्यहाँको जी एम कम्पनीलाई चीनको C919 एयरलाइन्सका लागि ईन्जिनहरू आपूर्ति रोक्नेबारे विचार गर्दैछ। चीनले ईन्जिनको एक प्रतिलिपि राख्नसक्ने र अमेरिकाको वाणिज्य हितमा हानि पुर्‍याउनसक्ने कुराले अमेरिका चिन्तित छ।

आज आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रलायका प्रवक्ता कङ श्वाङले चीनले अमेरिकालाई चिनियाँ कम्पनीहरू र चीन-अमेरिका व्यापारमा निष्पक्ष रूपमा व्यवहार गर्न आग्रह गरेको बताउनुभयो। साथै उहाँले अधिक सक्रिय आदान-प्रदान र कम अव्यावसायिक अवरोधका लागि ताकिता पनि गर्नुभयो।

प्रवक्ता कङले केही समयदेखि अमेरिकाले अपनाएको सान्दर्भिक कदमहरूले चिनियाँ उद्यमहरूको वैध अधिकार र हितलाई मात्र हानि पुर्‍याएको छैन तर अमेरिकी उद्यमहरूको दीर्घकालीन हितमा पनि हानि पुर्याएको छ। यसबाट दुई देश र विश्वको सामान्य वैज्ञानिक र प्राविधिक आदानप्रदान, आर्थिक र व्यापार सहयोगमा गम्भीर हस्तक्षेप पनि हुने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु