फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा बेलायतका प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिसँग टेलिफोन वार्ता

(GMT+08:00) 2020-02-18 20:29:26

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अठार तारिखका दिन दिउँसो बेलायतका प्रधानमन्त्री बोरिस जोह्नसोनसँग टेलिफोन वार्ता गर्नुभयो। वार्तामा राष्ट्राध्यक्ष सीले रानी एलिजाबेथ र प्रधानमन्त्री बोरिस जोह्नसोनलाई नयाँ कारोना भाइरस महामारी विरूद्ध चीनको लडाईप्रति सम्वेदना व्यक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सीले बेलायतले महामारी विरूद्ध लडाईका लागि सहयोग पुर्‍याएको बताउँदै यसबाट चीन र बेलायतबीचको मित्रता देखाउने औंल्याउनुभयो।

आज दिउँसो राष्ट्राध्यक्ष सीले फ्रान्सका राष्ट्रपति इम्मानुअल म्याक्रोनसँग पनि टेलिफोन वार्ता गर्नुभयो। महामारी विरूद्ध चीनको लडाईको महत्वपूर्ण घडीमा, राष्ट्रपतिले चीनप्रति आफ्नो सम्वेदना र समर्थन व्यक्त गरेबाट आपसी मित्रताको गहिराइ पूर्णरूपमा प्रतिबिम्बित हुने राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु