फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका कारखानाको सुचारू भएसँगै विश्वव्यापी औद्योगिक श्रृंखला स्थिर हुने

(GMT+08:00) 2020-02-18 21:01:15
फेब्रुअरीको शुरुमा, नयाँ कारोना भाइरस महामारीका कारण चीनबाट मोटर पार्टस्को आपूर्ति अस्थायी रूपमा रोकिएको छ। दक्षिण कोरियाको हुण्डाई मोटर कम्पनीले आफ्नो उत्पादन लाइन स्थगित गर्नुपर्‍यो। फेब्रुअरी सत्र तारिख, केही चिनियाँ कम्पनीको काम फेरि सुरु भएको छ। चिनियाँ र दक्षिण कोरियाली सरकारहरू र अन्य कारकहरूको समर्थनमा हुण्डाई मोटरले अधिकांश उत्पादन लाइनहरू पुनः सुचारू गर्ने निर्णय गरेको छ। यसले विश्वव्यापी औद्योगिक श्रृंखलामा चीनको महत्वपूर्ण स्थान देखाउँछ।

महामारी रोकथाम र नियन्त्रणमा सकारात्मक सफलता प्राप्त गरिएकोमा चिनियाँ व्यवसायहरुले पुनः काम सुचारू गरेका छन्। यसबाट चीनले आफ्नो हितको मात्र सुरक्षा गर्दैन बरू विश्वको साझा हितको सुरक्षा गरिरहेको छ।

जानकारी तथा लेखहरु