फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न ठाउँमा सक्रिय रुपमा विदेशी व्यापार र विदेशी लगानीलाई स्थिर बनाउन चीनको वाणिज्य मन्त्रालयद्वारा सूचना प्रकाशित

(GMT+08:00) 2020-02-19 13:36:20

चीनको वाणिज्य मन्त्रालयले हिजो फेब्रुअरी १८ तारिख एउटा सूचना प्रकाशित गर्दै चीनका विभिन्न ठाउँमा सक्रिय विदेशी व्यापार र विदेशी लगानीलाई स्थिर पार्नुपर्ने, उपभोगलाई प्रबर्द्धन गर्नुपर्ने र एनसीपीले वाणिज्य विकासमा पारेको प्रभावलाई न्युनतम् बनाउनुपर्ने माग गरेको छ।

उक्त सूचनामा व्यवस्थापन विभागले विदेशी व्यापार, विदेशी लगानी, वाणिज्य आवतजावत र डिजिटल वाणिज्य व्यवसायलाई समर्थन दिएर पुन काम गर्ने, पुन उत्पादन शुरु गर्नेमा सहयोग गर्नुका साथै बेल्ट एन्ड रोडसम्बन्धी परियोजनालाई घच्घच्याउने कुरा उल्लेख छ।

विभिन्न ठाउँका सरकारले विदेशी व्यापार व्यवस्थापन पद्धतिलाई सजिलो बनाउने, विदेशमा एनसीपिको सामना द्रुत प्रतिक्रिया संयन्त्रको स्थापना गरेर विदेशी चिनियाँ व्यवसायलाई सेवा दिनुपर्ने सूचनामा समेटिएको छ। तोकिएको समय अगाडि वितरण गरिएको वित्तिय विशेष पुँजी २०२० लाई प्रयोग गरेर, विदेशी व्यापार र विदेशी लगानीलाई स्थिर बनाउँदै उपभोगलाई प्रबर्द्धन गर्ने सूचनामा प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु