फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंग्लादेशद्वारा चीनलाई महामारी प्रतिरोधसम्बन्धी सामग्री प्रदान

(GMT+08:00) 2020-02-19 16:51:37

स्थानीय समयअनुसार १८ तारिख दिउँसो बंग्लादेशको सरकारले राजधानी ढाकामा चीनका लागि महामारी निवारण सामग्री प्रदान समारोहको आयोजना गरेको छ। उक्त समारोहमा बंग्लादेशका स्वास्थ्य मन्त्री जाहिद मलिकले सम्बोधन गर्नुभएअनुसार बंग्लादेशका प्रधानमन्त्री शेख हासिनाको निर्देशनमा स्वास्थ्य मन्त्रालयले चीनलाई चिकित्सा सामग्री प्रदान गर्दै महामारी विरुद्ध युद्धमा सबैभन्दा अग्रपंक्तिमा रहेका चिनियाँ चिकित्सक तथा नर्सलाई सलाम व्यक्त गरेको छ। बंग्लादेश सधैं नै चीन सरकार र चिनियाँहरु सँगसँगै रहिरहेको छ।

बंग्लादेशको स्वास्थ्य मन्त्रालयले जम्मा गरी १० लाख मेडिकल पन्जा, ५०लाख मास्क,१लाख ५०हजार मेडिकल टोपी,१लाख किटाणु मार्ने झोल,५०हजार जुत्ता कभर, ८हजार मेडिकल कोट सहयोग गरेको हो। यी सामग्री बंग्लादेशका लागि चिनियाँ राजदूतावासमार्फत चीन सरकारलाई हस्तान्तरण गरिनेछ।

जानकारी तथा लेखहरु