फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारी स्वामित्वयुक्त व्यवसायको निर्धारित उत्पादन लक्ष्य र सुधार कार्यभार परिवर्तन नहुने

(GMT+08:00) 2020-02-19 16:52:11
यस वर्षको प्रारम्भिक अवधिमा निर्धारित उत्पादन तथा सञ्चालन लक्ष्य र सुधार कार्यभार परिवर्तन हुने छैन। राष्ट्रिय स्वामित्वयुक्त पूँजी निगरानी तथा व्यवस्थापन परिषद र सरकारी स्वामित्वयुक्त व्यवसायले सक्दो प्रयासमा पूरै वर्षका विभिन्न लक्ष्यलाई साकार तुल्याउँदै अर्थतन्त्रको स्थिर सञ्चालनका लागि बलियो समर्थन दिएको छ।

चीनको राज्य परिषदको राष्ट्रिय स्वामित्वयुक्त पूँजी निगरानी तथा व्यवस्थापन परिषदका उपप्रमुख रन हुङ पिनले हिजो १८ तारिख उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार नयाँ कोरोना भाइरसले मुख्य गरी उपभोक्ता उन्मुख व्यवसाय लगायत राष्ट्रिय स्वामित्वयुक्त व्यवसायमा केही प्रभाव पारेको छ।

हाल राष्ट्रिय स्वामित्वयुक्त पूँजी निगरानी तथा व्यवस्थापन परिषदले व्यवसाय श्रृंखलाको परिस्थितिलाई विश्लेषण गर्दै पूर्वानुमान चेतावनीलाई बलियो बनाइरहेको छ। जसले व्यवसायद्वारा महामारी अवस्थाको सामना सम्बन्धी बित्तीय तथा कर कदमलाई लागू गर्नका लागि निर्देशन प्रदान गर्दछ।

जानकारी तथा लेखहरु