फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव भाग्य समुदायका लागि महामारीलाई परास्त गर्नुपर्ने

(GMT+08:00) 2020-02-19 17:03:48
नयाँ कारोना भाइरसको महामारी फैलिएपछि विश्वभरका विभिन्न ठाउँका व्यक्तिहरुले विभिन्न तरिकाले चीनलाई समर्थन जनाएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ यिनले दक्षिण कोरिया र चीन छिमेकी मुलुक रहेको बताउँदै छिमेकीलाई सहयोग गर्नु आफैंलाई सहयोग गर्नुजस्तै रहेको बताउनुभयो। जापानी महिलाहरूले वुहानका सडकमा पुगेर मास्क चन्दा दिइरहेका छन्। बेल्जियमका पियानोवादकले चीनको वुहानका लागि गीत लेखन गरेका छन्।

चीनका लागि बहुराष्ट्रका राजदूतहरूले भिडियोमार्फत चीनप्रति समर्थन र सम्वेदना व्यक्त गरेका छन्। चीनका लागि रुसी राजदूतले चिनियाँ जनताको स्वास्थ्य र सुरक्षाको कामना गर्नुभयो। चीनका लागि जर्मन राजदूतले कठिन समयमा जर्मनी र चीन एक अर्कासँग जोडिएका बताउनुभयो। चीनका लागि नेपालका राजदूतले पनि सम्वेदना व्यक्त गर्नुभयो।

मानिसहरुको एउटै पृथ्वी छ र विभिन्न देशहरु एकै संसारमा बस्छन्। केही वर्षदेखि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्ताव गर्नुभएको "मानव भाग्य समुदाय"को अवधारणा झन् बढी देशहरूका लागि स्वीकार्य भएको छ र संयुक्त राष्ट्र संघीय प्रस्तावनामा लेखिएको छ। चिनियाँ जनताले नयाँ कोरोना भाइरस महामारीसँग लडाई गरिरहेको अवधिमा अन्तर्राष्ट्रिय समुदायले चीनलाई इमान्दार र मित्रवत् सहयोग गरिरहेका छन्। यसले साझा"मानव भाग्य समुदाय"को भावना देखाउँछ।

जानकारी तथा लेखहरु