फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न उद्योग तथा संस्थाहरुको उत्पादनको पुनः सुरु

(GMT+08:00) 2020-02-19 18:45:01

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १९ तारिख वर्तमानमा महामारी रोकथाम र नियन्त्रणमा चीनले केही सक्रिय नतिजाहरू प्राप्त गरिरहेको बताउनुभएको छ। उहाँले चीनले सक्रिय रुपमा विभिन्न उद्यमहरु र संस्थाहरुको उत्पादन पुनः सुरु गरिरहेको पनि बताउनुभयो। उहाँले प्रभावलाई कम गर्नका लागि चीनले विदेशी उद्यमहरुको लगानी, उत्पादन र सञ्चालनमा भोगेका व्यावहारिक समस्याहरूको समाधान गरिरहेको बताउँदै केही विदेशी उद्यमहरूले काम र उत्पादन पुनः सुरु गरेको जानकारी दिनुभयो।

प्राप्त समाचारका अनुसार शाङहाइमा अमेरिकी वाणिज्य संघले चीनमा १०९ वटा उत्पादन कम्पनीहरूमा सर्वेक्षण गरेको छ। सर्वेक्षणमा आधा कम्पनीहरूले आफ्नो कारखाना बन्द हुँदा विश्वव्यापी आपूर्ति श्रृंखलामा असर पारेको र एक तिहाइ कम्पनीले सम्बन्धित व्यवसायलाई चीनबाट स्थानान्तरण गर्ने ठानेका थिए।

प्रवक्ता कङले सामान्यतया, चिनियाँ अर्थव्यवस्थामा महामारीको प्रभाव अस्थायी भएकाले दीर्घकालीन चीनको अर्थतन्त्रको विकास स्थिर रुपमा बढ्ने बताउनुभयो। उहाँले चीन आफ्नो स्थापित आर्थिक र सामाजिक विकासका लक्ष्यहरु हासिल गर्न विश्वस्त रहेकोमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु