फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा पैचिङ्गका लागि वाल स्ट्रिट जर्नलका तीन पत्रकारका प्रेस कार्ड रद्द

(GMT+08:00) 2020-02-19 18:47:46
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज १९ तारिख 《वाल स्ट्रिट जर्नल》द्वारा चीनलाई बदनाम गर्ने लेख सार्वजनिक गरेको घटनाबारेमा प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने आजदेखि पैचिङ्गका लागि《वाल स्ट्रिट जर्नल》का तीन पत्रकारको प्रेस कार्ड रद्द गरेको छ।

यस फेब्रुअरी तीन तारिख《वाल स्ट्रिट जर्नल》ले अमेरिकाको बार्ड कलेजका प्राध्यापक वाल्टर रुसेल मेडको लेख सार्वनजिक गरेको थियो। यस लेखमा चीन सरकार र चिनियाँहरुले नयाँ कोरोना भाइरसको प्रतिरोध गर्ने प्रयासलाई बदनाम गरिएको छ। यस अखबारका सम्पादकले यस लेखलाई जातीय भेदभावयुक्त शीर्षक राखेका छन्। जसले चिनियाँहरुको क्रोध र अन्तर्राष्ट्रिय समाजको व्यापक निन्दा उठाइएको छ।

चीनले यस अखबारलाई धेरै पटक गम्भीर सम्पर्क गरेता पनि हालसम्म《वाल स्ट्रिट जर्नल》ले खुला तथा औपचारिक माफी मागेको छै‍न। चीनले कानूनबमोजिम उक्त निर्णय गरेको हो। चीनलाई कालो बनाउने विदेशी सञ्चारमाध्यमलाई चीनले स्वागत गर्ने छैन।

जानकारी तथा लेखहरु