फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिकित्सा कर्मचारीहरुको सुरक्षा र हेरचाहमा उच्च महत्व दिन राष्ट्राध्यक्ष सीको निर्देशन

(GMT+08:00) 2020-02-19 19:14:33

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिँदै चिकित्सा कर्मचारीहरू महामारीको विरूद्ध लड्ने मुख्य शक्ति भएकाले उनीहरूको संरक्षण, हेरचाह र प्रेममा ठूलो महत्व दिनुपर्ने र सबै पक्षबाट समर्थन प्रदान गर्नुपर्ने बताउनुभएको छ।

नयाँ कारोना भाइरसको महामारी फैलिएपछि धेरै संख्यामा चिकित्सा कर्मचारीहरु दिन रात लडिरहेका छन्, र केही चिकित्साकर्मीहरु दुर्भाग्यवश भाइरसबाट संक्रमित भएका छन्। र कोहीले आफ्नो ज्यानसमेत दिएका छन, जसले डाक्टरको उदार भावना देखाउँछ।

राष्ट्राध्यक्ष सीले धेरै पटक सम्मेलनको अध्यक्षता गगरी महत्वपूर्ण भाषण दिनुभएको छ। उहाँले महत्वपूर्ण निर्देशन दिँदै महामारीको रोकथाम र नियन्त्रण गरिरहेका राष्ट्रभरिका चिकित्साकर्मीहरु विशेष गरी हुपै र वुहानका चिकित्साकर्मीप्रति पार्टी केन्द्रीय समितिको समवेदना व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु