फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपीको प्रतिरोधको चिनियाँ कदममा अन्तर्राष्ट्रिय समाजको न्यायपूर्ण मूल्याङ्कन

(GMT+08:00) 2020-02-20 11:16:54

फेब्रअरी १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग छुट्टाछुट्टै टेलिफोनवार्ता गर्नुभएको छ। चीनले कोरोना भाइरस विरुद्ध सशक्त प्रतिकार गरिरहेको मुख्य समयमा अन्तर्राष्ट्रिय समाजले फेरि चीनलाई समवेदना र प्रोत्साह पठाएर चीनले गरेको प्रयासमाथि न्यानपूर्ण मूल्याङ्कन गरी सहयोग गर्ने इच्छा व्यक्त गर्दै चीनले रोग निवारणलाई अघि बढाउनेमा अझ बढी समर्थन दिएको छ।

फ्रान्स र बेलायतका राष्ट्रानायकसँग टेलिफोनमा राष्ट्राध्यक्ष सीले तीनवटा स्पष्ट सूचना दिनुभएको छ। पहिलो महामारी निवारण अवस्थामा सक्रिय परिवर्तन भएर चीनले चालिरहेका कदम फलदायक भएका छन्। दोस्रो यस वर्षको आर्थिक सामाजिक लक्ष्यलाई साकार तुल्याउन चीनसँग विश्वास हुनुका साथै सक्षम पनि रहेको छ। तेस्रो चीनले निरन्तर खुलमखुल्ला र पारदर्शी रुपमा अन्तर्राष्ट्रिय समाजसँग सहकार्य गर्नेछ।

फेब्रअरी १८ तारिखसम्म चीनको मुख्य भूमिमा हुपै प्रान्त वाहेक अरु क्षेत्रमा नयाँ थपिएको निश्चित भएको एनसीपी सङक्रमित बिरामीको संख्या निरन्तर पन्ध्र दिन घटेको छ। विश्व अरु मुलुक र क्षेत्रमा रहेको निश्चित बिरामीको संख्या कूल संख्याको एक प्रतिशतमूनि रहेको छ। यसबाट चीनले सबभन्दा चौतर्फी, सबभन्दा गम्भीर रोग निवारण कदम चालिरहेको देखा परेको छ। यी कदमहरुले चिनियाँ जनताको स्वास्थ्यको संरक्षण गर्नुका साथै विश्व सामाजिक स्वास्थ्य सुरक्षाको पनि संरक्षण गरेको छ।

जानकारी तथा लेखहरु