फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कामदारलाई कार्य क्षेत्रमा पुग्नका लागि विशेष रेल सेवा संचालन

(GMT+08:00) 2020-02-20 13:25:52
चीनका विभिन्न ठाउँका कामदार सजिलो र सुरक्षित रुपमा गन्तव्यमा पुगेर पुन काम गर्न चीनका विभिन्न स्थानीय सरकार तथा रेलवै विभागले सक्रिय रुपमा संयोजन गरेर विभिन्न ठाउँका आवश्यक्ता अनुसार विशेष रेल सेवा संचालन गरेका छन्।

फेब्रअरी १९ तारिख विहान, क्वाङ्ग तोङ र क्वाङ्ग सी प्रान्तका सरकारको संयोजनामा चु नदी डेल्टा क्षेत्र जाने कामदारका लागि विशेष रेल क्वाङ्ग सी पाई स स्टेशनबाट प्रस्थान गरेको छ। पाई स क्षेत्रमा लगभग ३७ हजार गरिब नागरिकको आम्दानी बाहिरी क्षेत्रमा गरिएको रोजगारीबाट प्राप्त हुने गर्छ। क्वाङ्ग सी सरकारले क्वाङ्ग तोङका केही व्यवसायसँग सम्पर्क गरी ७५६ जना कामदारलाई एकत्रित पारेर विशेष रेलबाट क्वाङ्चौ सहर र सन चन सहरमा गएर पुन काम गर्ने वातावरण मिलाएको छ।

आर्थिक रुपमा सम्पन्न याङ्गसी नदी डेल्टा क्षेत्रमा अरु प्रान्तबाट आएका कामदार चाँडै पुगेर काम गर्न शाङ्गहाई रेलवे विभागले निरन्तर रुपमा पाँच वटा यस्ता विशेष रेल सेवा संचालन गरेर एनसीपी निवारण अवस्थामा उनीहरुलाई सहयोग गरेको छ।

जानकारी तथा लेखहरु