फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना विरूद्धको चिनियाँ लडाइँमा पोखराका एक चिकित्सकको ऐक्यवद्धता

(GMT+08:00) 2020-02-20 17:23:08

चीनको वुहानमा जारी कोरोना भाइरस विरूद्धको लडाइँमा नेपालका तर्फबाट विभिन्न क्षेत्रका शुभेच्छुकहरूले ऐक्यवद्धता जनाउँदै सम्पूर्ण चिनियाँप्रति होस्टे हैंसे गरेका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टर सन्तोष ढकालले कोरोना भाइरस विरूद्धको लडाइँमा चिनियाँ सर्वसाधारणका साथै चिकित्साकर्मीहरू दिनरात नभनी लडिरहेकोप्रति आफ्नो तर्फबाट पूर्ण समर्थन तथा हौसला रहेको बताउनुभएको छ। नेपाल-चाइना एकेडेमीका सदस्य समेत रहेका डा.ढकालले कोरोनाविरूद्धको लडाइँका क्रममा ज्यान गुमाएका सर्वसाधारण तथा चिकित्साकर्मीहरूको चीर शान्तिको कामना पनि गर्नुभएको छ।

कोरोना भाइरसका कारण संक्रमित भएका बिरामीहरू चाँडै निको भएर आफ्नो सामान्य जीवनमा फर्किनसक्ने कामना गर्दै उहाँले भन्नुभयो, 'सन्चो भएर छिटो आफ्नो काममा फर्किन सक्नुहोस्, हाँसीखुशी जीवन बाँच्नुहोस्।'

डा.ढकाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवाका पुराना श्रोता हुनुहुन्छ। उहाँ नेपाल-चीन मित्रताको माध्यम बनेको सिआरआई नेपाली सेवा लिसनर्स क्लवमा पनि आवद्ध हुनुहुन्थ्यो। चीनको संकटको घडीमा सर्वोच्च नेता माओको मुखमा मास्क लगाएर व्यंग्य गरिएका सामग्रीहरू प्रकाशनप्रति पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ। उहाँले यस्तो दुःखको बेलामा कतिपयले संवेदना गुमाएको टिप्पणी गर्दै यस्ता गल्तीप्रति आफ्नो तर्फबाट समेत चिनियाँ मित्रहरूसँग क्षमायाचना गर्नुभएको छ। चीनले नेपालको विकासमा धेरै सहयोग गरिरहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा सहकार्यका गर्नसकिने औंल्याउनुभएको छ। साथै उहाँले नेपाल-चीन मित्रता अझै बढिराखोस् भन्ने कामना गर्नुभएको छ।

जानकारी तथा लेखहरु