फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना निमोनिया सम्बन्धी पछिल्लो तथ्याङ्क

(GMT+08:00) 2020-02-20 17:26:03
चीनको राष्ट्रिय स्वास्थ्य आयोगबाट थाहा भएअनुसार फेब्रुअरी १९ तारिख चीनको मुख्यभूमिमा नयाँ कोरोना निमोनिया (एनसीपी) संक्रमित थप ३ सय ९४ बिरामी निश्चित गरिएका छन् भने थप ज्यान गुमाउनेको संख्या १ सय १४ रहेको छ। नयाँ शंकास्पद बिमारीको संख्या १ हजार २ सय ७७ रहेको छ।

१९ तारिख २४ बजेसम्म चीनको मुख्यभूमिमा निश्चित गरिएका बिरामीको संख्या ७४ हजार ५७६ रहेको छ। ४ हजार ९ सय २२ शंकास्पद बिरामी रहेका छन्। १६ हजार १ सय ५५ जनाको सफल उपचार भएको छ। २ हजार १ सय १८ जनाको मृत्यु भएको छ र चिकित्सा अवलोकनमा रहेका बिरामीसँग घनिष्ट सम्पर्क गर्नेहरुको संख्या १ लाख २६ हजार ३ सय ६३ रहेको छ।

चीनको हङकङ,मकाउ र थाइवान क्षेत्रमा जम्मा गरी ९९ जना निश्चित गरिएका बिरामी रहेका छन्। यसमध्ये हङकङ विशेष प्रसशानिक क्षेत्रका ६५ जना,मकाउ विशेष प्रशासनिक क्षेत्रका १० जना र थाइवान क्षेत्रका २४ जना रहेका छन्।

जानकारी तथा लेखहरु