फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको सामना गर्दै चीनले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्ने

(GMT+08:00) 2020-02-20 17:26:41

फेब्रुअरी २० तारिख, नयाँ कारोना भाइरस महामारीको केन्द्र सहर वुहान २९ दिनको लागि "बन्द" भएको थियो। हुपेइ प्रान्तको अवस्था अझ गम्भीर छ, तर सम्बन्धित रोकथाम र नियन्त्रणका उपायहरूको क्रमिक प्रगतिसँगै, महामारी स्थितिको रोकथाम र नियन्त्रणको प्रभाव देखा पर्ने क्रम जारी छ। १९ तारिख २४ बजेसम्म हुपेइ प्रान्त बाहेक चीनको मुख्यभूमिका क्षेत्रहरूमा नयाँ कोरोना भाइरसका नयाँ पत्ता लागेका बिरामीको संख्या लगातार १६ दिनदेखि घट्दै गइरहेको छ। उपचार र डिस्चार्ज बिरामीहरूको संख्या पनि सोह्र हजार भन्दा बढी छ। चीनको मुख्यभूमि बाहिर, पुष्टि भएका संक्रमितको संख्या कुल संक्रमणको १% भन्दा कम छ, उन्नाईस तारिखसम्म केवल ३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ कोरोना भाइरस महामारी विश्वव्यापी महामारीको रूपमा विकसित भएको छैन। यो चीनको निर्णायक र प्रभावकारी रोकथाम र नियन्त्रणका उपायहरूको कारण हो।

१ करोड १० लाख जनसंख्या रहेको वुहानका लागि "शहर बन्द" गर्ने निर्णय सहज होइन। वास्तवमा महामारी फैलिनबाट जोगाउन मात्र शहर बन्द गरिएको थियो, जीवन बचाउने च्यानल सँधैं खुला नै थियो। फेब्रुअरी 17 तारिखसम्म चीनले विभिन्न ठाँउका बत्तीस हजार चिकित्साकर्मी हुपेईमा पठाएको छ। आज झन् बढीले चीनको रोकथाम र नियन्त्रण कदमको प्रशंसा गर्न थालेका छन्। अझ धेरैले चीनले विश्वका लागि बलिदान गरिरहेको महसुस गरेका छन्।

जानकारी तथा लेखहरु