फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक पूर्वाग्रहले विश्वको सार्वजनिक हितमा हानी पुर्‍याउने चेतावनी

(GMT+08:00) 2020-02-20 18:56:53
महामारीका सामु जनताको ज्यान तथा स्वास्थ्य र सारा विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण नै चिनियाँ निर्देशकहरुको विचारमा सबैभन्दा महत्वपूर्ण कुरा हो। नयाँ कोरोना भाइरससँग जनताबीचमा फैलावट हुने विशेषता छ। त्यसैले चीनले वुहान आदि महामारी प्रकोप गम्भीर भएको स्थलमा बन्द प्रबन्धन आदि विशेष कदम चलाएको छ। खुशीलाग्दो कुरा छ भने यी कदमहरुले वुहानका वासिन्दाको सम्झना र सहयोग पाएका छन्। उनीहरुले स्वयम् घरमा अलगै बसेर संयुक्त रुपमा उक्त भाइरसको प्रसारलाई प्रतिरोध गरेका छन्। जसले चिनियाँ सर्वसाधारणले सार्वजनिक हितमा सम्मान र संरक्षण दिएको अभिव्यक्त हुन्छ। फेब्रुअरी १९ तारिख २४ बजेसम्म हु पै बाहेक मुख्यभूमिका अन्य स्थलका नयाँ निश्चित एनसीपी सङ्क्रमित बिरामीको संख्या लगातार १६ दिनसम्ममा घट्दै आएको छ। चीनबाहेक विदेशमा निश्चित भएका बिरामीको संख्याले पूर्ण विश्वको कूल सङ्क्रमित बिरामीको संख्यामा १प्रतिशत ओगटेको छ। विश्व स्वस्थ्य संगठनको ग्लोबल महामारी हानी तथा जोखिम विभागका प्रमुख सिल्भि ब्रियाण्डका अनुसार चीनका यी कदमहरुले विभिन्न मुलुकद्वारा नयाँ कोरोना भाइरसको प्रतिरोधका लागि निकै बहुमूल्य समय सिर्जना गर्दछ।

केही पश्चिमा सञ्चार माध्यमले वास्तविकतालाई ध्यान नदिई चीनका कदमहरुलाई "ऐतिहासिक सबैभन्दा ठूलो सामाजिक नियन्त्रण क्रान्ति"भन्दै बदनाम गरिरहेका छन्। महामारीको अवस्थामा उक्त राजनीतिक पूर्वाग्रहले सारा विश्वको सार्वजनिक हितका लागि खुल्लमखुल्ला हानी पुर्‍याएको छ। जनताले संयुक्त रूपमा बाँच्ने वर्तमान विश्वमा महामारी प्रकोपबाट आएको धम्कीका सामु कुनै पनि व्यक्ति बाहिर हुनुहुँदैन। अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा सार्वजनिक हितको संरक्षण गर्दा राजनीतिक भाइरसको प्रचारप्रसार गरिहरेका केही व्यक्तिको अहंकारी तथा मूर्ख विचार स्पष्ट देखिन्छ।

जानकारी तथा लेखहरु