फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतको दावीः धेरै पक्षमा अमेरिकाले चीनलाई सक्दैन

(GMT+08:00) 2020-02-20 19:12:10

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालै चीनको राजनैतिक प्रणालीको बदनाम गर्नुभयो। दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूत लिन सोङ थ्येनले १८ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा वर्तमान महामारीको रोकथाम र नियन्त्रणमा चीनले उत्कृष्ट राजनैतिक प्रणालीको लाभ देखाएको दावी गर्नुभएको छ। साथै उहाँले कम्तीमा धेरै पक्षमा अमेरिकाले चीनसँग नसक्ने पनि बताउनुभयो।

उहाँले महासचिव सी चिनफिङ र कम्युनिष्ट पार्टिको नेतृत्वमा देशभरका जनताहरु एकतावद्ध भएकाले चाँडै र प्रभावकारी रूपमा नयाँ कोरोना भाइरस महामारीलाई छोटो समयमै रोकेको बताउनुभयो। दोस्रो, लगभग दश दिनमा वुहानमा दुई वटा विशेषज्ञ अस्पताल निर्माण गरेको छ। तेस्रो, पार्टी र सरकारको नेतृत्वमा एक अर्ब चालीस करोड चिनियाँहरुले दुई हप्ता वा बढी समयको लागि स्वेच्छिक घरमा 'आइसोलेसन'मा बसेका छन्। चौथो, चीनले तुरुन्तै देशभरका अन्य प्रान्तहरू र शहरहरूमा २०० भन्दा बढी चिकित्सा टोलीहरू परिचालन गर्‍यो, बत्तीस हजार भन्दा बढी चिकित्सा कर्मचारीहरु र जीवन सामग्रीहरू आकस्मिक रूपमा वुहान र हुपेईमा सहयोगका लागि पठायो। पाँचौं, चीनले १९ शहरहरूलाई हुपेईका १६ शहरमा सहयोग पुर्‍याउन परिचालन गर्यो। छैठौं, केन्द्र र स्थानीय सरकारले महामारी विरूद्ध लड्नका लागि तुरून्त दश अरब अमेरिकी डलर विनियोजन गर्यो। सातौं, चिनियाँ कम्युनिष्ट पार्टीले ४० वर्षमा असी करोड भन्दा बढी चिनियाँलाई गरिबीबाट मुक्त गरेको छ र सन् २०२०को अन्त्यसम्ममा एक अर्ब चालीस करोड चिनियाँलाई पूर्ण गरिबीबाट मुक्त गर्न प्रतिवद्ध छ। आठौं, कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले जहिले पनि शान्तिपूर्ण विकासको बाटोमा दृढ रूपमा हिंड्न र विश्वका सबै देशहरूसँग शान्तिपूर्ण सह-अस्तित्व कायम गरेको छ।

जानकारी तथा लेखहरु