फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच छुट्टा-छुट्टै टेलिफोन वार्ता

(GMT+08:00) 2020-02-20 20:15:15

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज अर्थात् बीस तारिखका दिन दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग टेलिफोन वार्ता गर्नुभयो। वार्तामा राष्ट्राध्यक्ष सीले चिनियाँ जनताले कोरोना भाइरस महामारीका विरूद्ध लड्ने विशेष क्षणमा समर्थन गरेकोमा खुशी व्यक्त गर्दै यसबाट चीन र दक्षिण कोरियाबीचको मित्रता प्रकट हुने बताउनुभयो।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले चिनियाँ सरकारको लागि महामारीको विरुद्ध लड्न वर्तमानको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो। राष्ट्राध्यक्ष सीले चिकित्सा कर्मचारीहरु र देशभरका जनताको कडा परिश्रमपछि महामारीको स्थिति परिवर्तन हुन थालेको बताउनुभयो। उहाँले यस महामारीको रोकथाम र नियन्त्रण अभियानमा जीत हासिल गर्न विश्वस्त र सक्षम रहेको बताउँदै यस वर्षको आर्थिक र सामाजिक विकास लक्ष्यहरू पूरा गर्न प्रयत्न गरिने बताउनुभयो।

जानकारी तथा लेखहरु