फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन आशियानबीच कोरोना मामिलाबारे विशेष विदेशमन्त्री स्तरीय बैठक

(GMT+08:00) 2020-02-20 20:49:55
फेब्रुअरी २० तारिख लाओसको भियन्टियानमा चीन र आशियानबीच नयाँ कोरोना भाइरस संक्रमित निमोनिया समस्यामाथि विशेष विदेश मन्त्री स्तरीय बैठक आयोजना भएको छ। चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यी र आशियानको चीन सम्बन्ध समन्वय मुलुक फिलिपिन्सका विदेश मन्त्री टिओदोरो लोचेनले उक्त बैठकको संयुक्त अध्यक्षता गर्नुभएको छ।

बैठकमा परराष्ट्र मन्त्री वाङ्गका अनुसार राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चिनियाँहरुले एकतावद्ध भएर कोरोना भाइरससँग युद्ध गरिरहेका छन्। चीनले सबैभन्दा पूर्ण,सतर्कताकासाथ प्रतिरोध तथा नियन्त्रणका कदम लागू गर्दै सारा विश्वद्वारा महामारी प्रकोपको प्रतिरोधका लागि मूल्यवान समय सिर्जना गरेको छ। चीनको विश्वास छ, चिनियाँ कम्युनिष्ट पार्टीको द्दढ नेतृत्व,श्रेष्ठ राज्य प्रणाली,बलियो मिलिजुली राष्ट्रिय शक्ति रहेकोले यस महामारीलाई पराजित गर्ने क्षमता चीनसँग छ। यस महामारीले चीनको आर्थिक समाजको विकासका लागि चुनौती सिर्जना गरेता पनि चीनको बलियो तथा सक्रिय अर्थतन्त्रको दीर्घकालीन राम्रो विकास प्रवृत्तिमा परिवर्तन ल्याउनसक्ने छैन।

जानकारी तथा लेखहरु