फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका यी आठवटा उपलब्धिमुलक कार्यहरू अमेरिकी राजनीतिज्ञले गर्नसक्छन्?

(GMT+08:00) 2020-02-21 15:12:10
चिनियाँ जनताको अथक प्रयासपछि महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यमा स्पष्ट उपलब्धि हासिल हुँदै आएको छ। चीनले गरेको विशाल प्रयास तथा बलिदानको प्रशंसा अन्तर्राष्ट्रिय समाजले गरेको छ। तापनि केही अमेरिकी राजनीतिज्ञहरुले निरन्तर चीनको प्रयासमा हिलो छ्यापेर चीनको राजनीतिक व्यवस्थाको बदनाम गरेका छन्।

फेब्रअरी १८ तारिख दक्षिण अमेरिकाका लागि चिनियाँ राजदूत लीन सुङ थ्यानले महामारीको प्रतिरोध युद्धमा आठ वटा क्षेत्रमा चीनले देखाएको व्यवहार तथा प्राप्त उपलब्धिबारे बयान दिनुभएको छ। यी आठ वटा महाकार्यहरू निम्न छन्, पहिलो, चीनका सर्वोच्च नेता र कम्युनिष्ट पार्टीको नेतृत्वमा देशभरका जनताहरु एकतावद्ध भएकाले चाँडै र प्रभावकारी रूपमा नयाँ कोरोना भाइरस महामारीलाई छोटो समयमै रोकेको बताउनुभयो। दोस्रो, लगभग दश दिनमा वुहानमा दुई वटा विशेषज्ञ अस्पताल निर्माण गरेको छ। तेस्रो, पार्टी र सरकारको नेतृत्वमा एक अर्ब चालीस करोड चिनियाँहरुले दुई हप्ता वा बढी समयको लागि स्वेच्छिक रूपमा घरमा 'आइसोलेसन'मा बसेका छन्। चौथो, चीनले तुरुन्तै देशभरका अन्य प्रान्तहरू र शहरहरूमा २०० भन्दा बढी चिकित्सा टोलीहरू परिचालन गरेको छ, बत्तीस हजार भन्दा बढी चिकित्सा क्षेत्रका कर्मचारीहरु र आवश्यक चिकित्सा सामग्रीहरू आकस्मिक रूपमा वुहान र हुपेईमा सहयोगका लागि पठाएको थियो। पाँचौं, चीनले १९ शहरहरूलाई हुपेईका १६ शहरमा सहयोग पुर्‍याउन परिचालन गरेको छ। छैठौं, केन्द्र र स्थानीय सरकारले महामारी विरूद्ध लड्नका लागि तुरून्त दश अरब अमेरिकी डलर विनियोजन गरेको थियो। सातौं, चिनियाँ कम्युनिष्ट पार्टीले ४० वर्षमा असी करोड भन्दा बढी चिनियाँलाई गरिबीबाट मुक्त गरेको छ र सन् २०२०को अन्त्यसम्ममा एक अर्ब चालीस करोड चिनियाँलाई पूर्ण गरिबीबाट मुक्त गर्न प्रतिवद्ध छ। आठौं, कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले जहिले पनि शान्तिपूर्ण विकासको बाटोमा दृढ रूपमा हिँड्दै विश्वका सबै देशहरूसँग शान्तिपूर्ण सह-अस्तित्व कायम गरेको छ। राजदूत लीनले यी आठ वटा कार्यहरूमध्ये "अमेरिकाले कुनै एउटा पनि गर्न नसक्ने साथै स्थायी रुपमा पनि गर्न नसक्ने" कुरामा जोड दिनुभयो।

सन् २००९ मा अमेरिकामा एचवानएनवान बर्ड फ्लु भेटिएको थियो। अमेरिकी सरकारले "चेतावनी दिनुपर्ने आवश्यक्ता नभएको" दाबी गरेको थियो। ६ महिनापछि मात्रै अमेरिका सरकारले संकटकालीन अवस्थाको घोषणा गरेको थियो। जसबाट एचवानएनवान बर्ड फ्लु २१४ वटा मुलुक तथा क्षेत्रमा फैलिएको थियो र विश्वमा संक्रमितको संख्या ६ करोड पुगेको थियो र करिब ३ लाखको मृत्यु भएको थियो।

केही अमेरिकी राजनीतिज्ञको आँखामा निजी स्वार्थ लुकेको छ। "आठ वटा महाकार्य गर्नसक्छ कि सक्दैन"को उत्तर दिँदा उनीहरुले अमेरिकी नागरिकहरुसँग माफि माग्नुपर्छ की?

जानकारी तथा लेखहरु