फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मुख्यभूमिमा एनसीपी सम्बद्ध तथ्याङ्क

(GMT+08:00) 2020-02-21 16:31:04
चीनको राष्ट्रिय स्वास्थ्य आयोगबाट थाहा भएअनुसार फेब्रुअरी २० तारिख चीनको मुख्यभूमिमा नयाँ कोरोना निमोनिया संक्रमित थप ८ सय ८९ बिरामी निश्चित गरिएका छन् भने थप ज्यान गुमाउनेको संख्या १ सय १८ रहेको छ। नयाँ शंकास्पद बिमारीको संख्या १ हजार ६ सय १४ रहेको छ। नयाँ सफल उपचार भएका जनसंख्या २ हजार १ सय ९ छ।

२० तारिख २४ बजेसम्म चीनको मुख्यभूमिमा निश्चित गरिएका बिरामीको संख्या ७५ हजार ४ सय ६५ रहेको छ। ५ हजार २ सय ६ शंकास्पद बिरामी रहेका छन्। १८ हजार २ सय ६४ जनाको सफल उपचार भएको छ। २ हजार २ सय ३६जनाको मृत्यु भएको छ र चिकित्सा अवलोकनमा रहेका बिरामीसँग घनिष्ट सम्पर्क गर्नेहरुको संख्या १ लाख २० हजार ३०२ रहेको छ।

चीनको हङकङ,मकाउ र थाइवान क्षेत्रमा जम्मा गरी १०२ जना निश्चित गरिएका बिरामी रहेका छन्। यसमध्ये हङकङ विशेष प्रसशानिक क्षेत्रका ६८ जना,मकाउ विशेष प्रशासनिक क्षेत्रका १० जना र थाइवान क्षेत्रका २४ जना रहेका छन्।

जानकारी तथा लेखहरु