फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुपेइ र वुहानको महामारी रोकथाम र नियन्त्रण कार्यमा केही सकारात्मक परिणामहरू

(GMT+08:00) 2020-02-21 16:32:38
बीस तारिख वुहानमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय निर्देशन टोलीका सदस्य एवम् राज्य परिषदका उपमहासचिव तिङ स्याङ याङले "समग्रमा हुपेइ र वुहानको महामारीको वृद्धिमा मन्दी हुँदै गएको बताउनुभएको छ। उहाँले यदि रोकथाम र नियन्त्रणका उपायहरू कार्यान्वयन गर्दै गएमा रोकथाम प्रवृत्ति कायमै रहने पनि बताउनुभयो।

पत्रकार सम्मेलनमा केन्द्रिय निर्देशन टोलीका सदस्यहरुले महामारी रोकथाम र नियन्त्रणमा आफ्नो टोलीको कार्यप्रगति प्रस्तुत गर्नुभयो।

उप महासचिव तिङले हुपेइ र वुहानमा महामारीको स्थितिमा केही सकारात्मक परिवर्तनहरू भएका छन् भन्दै रोकथाम र नियन्त्रणमा सकारात्मक परिणामहरू प्राप्त भएको दावी गर्नुभयो। उहाँले वर्तमान वुहानमा तीस हजार भन्दा बढी बिरामीहरूको उपचार भैरहेको र हजारौं गम्भीर बिरामी भएकाले उपचार गर्ने काम अझै गाह्रो रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु