फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-विश्व स्वास्थ्य संगठनका संयुक्त विज्ञ समूह वुहानमा

(GMT+08:00) 2020-02-22 18:10:38

स्थानीय २१ तारिखका दिन विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले स्वीट्जरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा चीनमा काम गरिरहेका चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त विज्ञ समूहले २२ तारिख चीनको वुहानमा पुगेर काम गर्न लागेको जानकारी दिनुभएको छ।

संयुक्त विज्ञ समूहका सदस्यहरु चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, रुस, जर्मनी, अमेरिका र नाइजेरिया लगायत आठ देशबाट आएका छन्। उनीहरू महामारी विज्ञान, भाइरोलजी, क्लिनिकल व्यवस्थापन, प्रकोप नियन्त्रण र सार्वजनिक स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूमा विश्वका शीर्ष विशेषज्ञहरू हुन्।

पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले नयाँ कारोना भाइरसका छ जना विशेष राजदूतहरू संसारभर काम गर्नका लागि नियुक्त गरिएको घोषणा गर्नुभयो। उहाँले सबै देशहरुलाई महामारीको संयुक्त रुपमा प्रतिक्रिया दिन पनि फेरि एक पटक आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु