फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"षड्यन्त्रमूलक सिद्धान्त" पछाडिको खराब अभिप्राय

(GMT+08:00) 2020-02-22 19:26:53
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले नयाँ कारोना भाइरस महामारीपछि, विश्व स्वास्थ्य संगठनले भाइरससँग मात्र लडिरहेको छैन, तर झूटा जानकारी विरूद्ध पनि लडिरहेको बताउनुभएको छ।

स्थानीय समय अनुसार २१ तारिखका दिन रुसका लागि चीनका राजदूतावासले तथाकथित "रूसद्वारा नयाँ कारोना भाइरसलाई कृत्रिम संश्लेषणको रूपमा मान्यता" शीर्षकको समाचार झूठो अफवाह मात्रै हो। रुसी स्वास्थ्य मन्त्रालयले नयाँ कारोना भाइरस कृत्रिम संश्लेषणको परिणति भएको भनेर कहिले पनि औंल्याएको छैन,रुसी सरकारले पनि जवाफ दिएको छ।

यो गलत अफवाह चीनलाई बदनाम गर्न खोजिएको पछिल्लो घटना हो, तर यो अन्तिम नहुन सक्छ। नयाँ कोरोना भाइरस महामारीको प्रकोपका साथ, पश्चिमा चीन विरोधी शक्तिहरूले महामारीको हुलमुलमा अफवाहलाई बढावा दिइरहेका छन् र महामारी रोकथाम र नियन्त्रणमा चीनको प्रयासको बदनाम गरेका छन्।

महामारीको प्रारम्भिक चरणमा, अमेरिकी गणतान्त्रिक पा‍र्टी सिनेटर टम कटनले टेलिभिजनमा नयाँ कोरोना भाइरस "वुहानको एउटा बायोकेमिकल प्रयोगशालाबाट उत्पन्न भएको हो" भन्नुभयो। उहाँ बाहेक, अमेरिकाका एक जना पत्रकार बिल गर्जले पनि चिनियाँ सेनालाई यस महामारीको कारक भन्ने ठहराएका छन्। यसले "षड्यन्त्रमूलक सिद्धान्त"का पछाडि तिनीहरूको खराब नियत नै देखाउँदछ।

बितेका दिनहरुमा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले यो "षड्यन्त्रमूलक सिद्धान्त"को लगातार विरोध गर्नुका साथै चीनको प्रयासहरुलाई निरन्तर समर्थन गरिरहेका छन।

जानकारी तथा लेखहरु