फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी विरुद्धको लडाइँमा चीनको रसद उद्योगको भूमिका

(GMT+08:00) 2020-02-23 16:34:01

महामारी विरुद्धको लडाइँमा उच्च प्रभावकारी,व्यावसायिक र बन्द नभएको चिनियाँ मालसमान वितरण व्यवसायले प्रभावकारी रुपमा महामारीको प्रतिरोध तथा नियन्त्रणका लागि मालसामानको आपूर्ति,सर्वसाधारणको जीवन मागलाई पूरा गर्नुका साथै सामाजिक परिपाटीको स्थिरतालाई संरक्षण गर्दछ। वुहानको उद्धारका लागि नागरिक उड्डयन र स्थल यातायात प्रणालीले हरित ढुवानीको बाटो खोलेको छ। पोस्ट सिस्टम र नागरिक रसद व्यवसायले हातमा हात मिलाएर प्रयास गरिरहेका छन्। केही रसद र ई-वाणिज्य व्यवसायले महामारी विरुद्ध मालसामानको ढुवानी प्रत्याभूति गर्नका लागि निःशूल्क आपूर्ति श्रृंखला प्रणाली प्रदान गर्दछ। सम्बन्धित तथ्याङ्अनुसार चाइना पोस्ट,एस.एफ. होल्डिङ्स र चिन्तोङ सामान वितरण कम्पनी आधारभूत रुपमा पूर्णतया काममा फिर्ता भएका छन्। अन्य मुख्य सामान वितरण कम्पनीको समष्टिगत काम पुनःशुरु दर ६६.७प्रतिशत पुगेको छ।

यस फेब्रुअरी १७ तारिख चीनको मुख्य भूमिमा पोस्ट र एक्सप्रेस कम्पनीले कुल२१ हजार६०१ टन महामारी रोकथाम र नियन्त्रण सामग्री ढुवानी गरेका छन्। चीनको रसद उद्योगले यस महामारी अवस्थामा महत्वपूर्ण दायित्व वहन गर्नु नै उच्च प्रभावकारी र पेशागत सेवायुक्त क्षमतासँग निर्भर भएकाले हो। सन्२०१९ चीनको रसद व्यवसायको कुल ढुवानी मात्रा ६०अर्ब पुगेको थियो भने लगातार ६वर्षमा विश्वको पहिलो स्थानमा पुगेको छ।

जानकारी तथा लेखहरु