फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२२ तारिख चीनको एनसीपी सम्बद्ध तथ्याङ्क

(GMT+08:00) 2020-02-23 16:34:35
चीनको राष्ट्रिय स्वास्थ्य आयोगबाट थाहा भएअनुसार फेब्रुअरी २२ तारिख ०देखि २४ बजेसम्म चीनको मुख्यभूमिमा नयाँ कोरोना निमोनिया संक्रमित थप ६ सय ४८ बिरामी निश्चित गरिएका छन् भने थप ज्यान गुमाउनेको संख्या ९७ रहेको छ। नयाँ शंकास्पद बिमारीको संख्या ८सय ८२ रहेको छ। नयाँ सफल उपचार भएका जनसंख्या २ हजार २ सय ३० छ।

२२ तारिख २४ बजेसम्म चीनको मुख्यभूमिमा निश्चित गरिएका बिरामीको संख्या ७६ हजार९सय ३६ रहेको छ।४ हजार १सय ४८ शंकास्पद बिरामी रहेका छन्। २२ हजार ८सय ८८ जनाको सफल उपचार भएको छ। २ हजार४ सय ४२जनाको मृत्यु भएको छ र चिकित्सा अवलोकनमा रहेका बिरामीसँग घनिष्ट सम्पर्क गर्नेहरुको संख्या १ लाख ६ हजार८९ रहेको छ।

चीनको हङकङ,मकाउ र थाइवान क्षेत्रमा जम्मा गरी १०५ जना निश्चित गरिएका बिरामी रहेका छन्। यसमध्ये हङकङ विशेष प्रसशानिक क्षेत्रका ६९जना,मकाउ विशेष प्रशासनिक क्षेत्रका १० जना र थाइवान क्षेत्रका २६ जना रहेका छन्।

जानकारी तथा लेखहरु