फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीस मुलुक संगठनका अर्थमन्त्री र बैंक गभर्नरबीचको बैठक साउदीमा

(GMT+08:00) 2020-02-23 16:36:18
बीस मुलुक संगठनका अर्थ मन्त्री र केन्द्रीय बैंक गभर्नरबीचको बैठक २२ देखि २३ तारिखसम्म साउदी अरबमा आयोजित भयो। बैठकका मुख्य विषयहरूमध्ये एक विश्वव्यापी आर्थिक विकासमा जोखिम र चुनौतीहरूको संयुक्त रूपमा सामना भन्ने रहेको थियो। बैठकमा सहभागी धेरै अधिकारीहरु र वैज्ञानिकहरु र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुले केही दिनमा चिनियाँ व्यवसायहरुले काम र उत्पादन पुनः सुरु गरेको देखेर खुशी प्रकट गरेका छन्। चाँडो भन्दा चाँडो चीनले महामारीलाई जित्न सक्ने, सामान्य आर्थिक र सामाजिक निर्माण पुनर्स्थापित गर्ने आशा उनीहरूको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक क्रिस्टालिना जिओर्जिएभाले अन्तर्राष्ट्रिय समुदायले कडा समन्वयका उपायहरु अपनाएर महामारीको फैलावट रोक्नुपर्ने बताउँदै महामारीको प्रभावकारी नियन्त्रण भएमा चिनियाँ अर्थव्यवस्था दोस्रो त्रैमासिकमा सामान्य अवस्थामा फर्किने बताउनुभयो। उहाँले विश्व अर्थव्यवस्थामा महामारीको एक सानो अस्थायी प्रभाव रहने विश्वास गर्नुभयो।

अन्तर्राष्ट्रिय वित्त संस्थानका अध्यक्ष टिम अडाम्सले यो अत्यन्त कठिन र तनावपूर्ण अवधिमा अन्तर्राष्ट्रिय समुदाय चिनियाँ जनतासँग एकरूप हुनुपर्ने बताउँदै सबैले चीनको अर्थव्यवस्था सामान्य अवस्थामा फर्किएको हेर्न चाहेको बताउनुभयो।

जानकारी तथा लेखहरु