फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पूँजी भित्र्याइने चीनको मैत्रीपूर्ण प्रतिस्पर्धात्मक श्रेष्ठता अपरिवर्तनीय

(GMT+08:00) 2020-02-23 18:55:45
दीर्घकालीन र समष्टिगत दृष्टिकोणबाट हेर्दा नयाँ कोरोना भाइरस सङ्क्रमित निमोनिया प्रकोपबाट ल्याइएको प्रभाव अस्थायी छ भने चीनले विदेशी पूँजी भित्र्याउने मैत्रीपूर्ण प्रतिस्पर्धात्मक श्रेष्ठतामा कुनै परिवर्तन गरिएको छैन। धेरैजसो अन्तर्राष्ट्रिय कम्पनीले चीनमा गरिने लगानीमाथि विश्वास र रणनीतिमा पनि परिवर्तन भएको छैन।

चीनको वाणिज्य मन्त्रालयको वैदेशिक पूँजी विभागका प्रमुख चुङ छाङ छिङले यस फेब्रुअरी २१ तारिख पैचिङ्गमा आयोजना भएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार महामारी प्रकोप र वसन्त चाड आदि कारकतत्वका कारण चीनका स्वदेशी तथा विदेशी व्यवसायमा यातायात तथा रसद चुस्त भएन भने महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी सीमित सामग्री,कच्चापदार्थको कमजोर आपूर्ति आदि नकारात्मक प्रभाव पारेको देखिन्छ। वर्तमान विदेशी व्यवसायका सामु देखापरेको कठिनाइ तथा समस्याको समाधानका लागि वाणिज्य मन्त्रालयले सकेसम्म विदेशी पूँजी व्यवसाय सम्वद्ध सेवा र पूँजी भित्र्याइने काम राम्ररी गर्न प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु