फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ नयाँ कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक सामाजिक विकासको समन्वय र प्रवर्द्धन सम्मेलनमा सहभागी

(GMT+08:00) 2020-02-23 20:08:45
नयाँ कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक सामाजिक विकासको समन्वय र प्रवर्द्धन सम्मेलन 23 तारिख पैचिङमा आयोजित भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ यो सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन दिनुभयो। उहाँका अनुसार इतिहासमा प्रचुर कठिनाई पार गरेको चीन कहिले पनि तल झरेको छैन बरू अफ्ठ्याराहरूमा अझै बढी बलियो बन्दै गएको छ। वर्तमान गम्भीर महामारीको प्रतिरोध तथा नियन्त्रणको काम सबैभन्दा महत्वपूर्ण अवधिमा प्रवेश गरेको छ। कम्युनिष्ट पार्टीका विभिन्न स्तरीय समिति र सरकारले विजय हुने कडा विश्वास लिँदै सम्बद्ध विभिन्न काममा दृढ प्रयास गर्नुपर्छ। दवावलाई शक्ति बनाउँदै संकटलाई अवसर बनाउनुपर्छ। नीतिले समन्वय गर्ने शक्ति बढाउँदै चीनको विश्वासको विशाल संचिति र प्रवर्द्धन शक्ति निर्वाह गर्नुपर्छ। जसले चालू वर्षको आर्थिक तथा सामाजिक विकास कार्यभारलाई साकार तुल्याउने छ।

जानकारी तथा लेखहरु