फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका धेरै ठाउँमा कोरोना भाइरसप्रति आकस्मिक सामना स्तर घटाइयो

(GMT+08:00) 2020-02-24 15:53:07

हालै चीनको सम्बन्धित कानुन नियम तथा विभिन्न ठाउँमा कोरोना भाइरसको प्रतिरोध गरेको अवस्थाबमोजिम, चीनका धेरै ठाउँमा कोरोना भाइरसप्रति आकस्मिक समस्याको सामना गर्ने स्तरको तारतम्य मिलाइएको छ।

यी मध्य फेब्रुअरी २३ तारिख मध्य रातिदेखि पल्लो शान्सी प्रान्तले आकस्मिक सामाजिक स्वास्थ्य समस्याको सामाना गर्ने स्तर पहिलोदेखि दोस्रो स्तरमा तारतम्य मिलाएको छ। युन नान प्रान्तले कोरोना भाइरसको प्रतिरोध गरेको आकस्मिक सामना गर्ने स्तर पहिलोदेखि तेस्रो स्तरमा परिवर्तन गरेको छ। क्वाङ्ग तौङ्ग प्रान्तले फेब्रुअरी २४ तारिख ९ बजेदेखि गम्भीर आकस्मिक सामाजिक स्वास्थ्य घटना जरुरी समस्याको सामाना गर्ने स्तर पहिलोदेखि दोस्रो स्तरमा तारतम्य मिलाएको छ।

आकस्मिक सामाजिक स्वास्थ्य घटनाको अवस्था, प्रकोप क्षेत्रबमोजिम, चीनमा चार वटास्तर रहेका छन् भने पहिलो स्तरलाई सबभन्दा गम्भीर मानिन्छ।

फेब्रुअरी २२ तारिख मध्य रातिदेखि २३ तारिखको मध्यरातिसम्म चीनभरि एनसीपी निश्चित बिरामीको संख्या ४०९ जना थपिएको छ र यी मध्ये हुपै प्रान्तमा ३९८ जना बढेका छन्। सो अवधिमा एनसीपीबाट ज्यान गुमाउनेको संख्या १५० जना रहेको छ। शंकास्पद बिरामीको संख्या ६२० बढ्नुका साथै निको भएर अस्पतालबाट निस्केका बिरामीको संख्या १८४६ रहेको छ।

जानकारी तथा लेखहरु