फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानले स्वयंसेवक अपिल गरेपछि दश हजारको आवेदन

(GMT+08:00) 2020-02-24 16:58:08

उहान शहरको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रण मुख्यालयले फेब्रुअरी २३ तारिख समस्त शहरभरि स्वयं सेवकसेविका भर्ना गराई नागरिकलाई खाद्य-पदार्थ र औषधीको सेवा उपलब्ध गराउने सूचना सार्वजनिक गरेको छ। सोही दिन अपरान्ह पाँच बजेसम्म स्वयं सेवकसेविकाको निवेदन गर्ने व्यक्तिहरूको संख्या दश हजारभन्दा बढी पुगेको छ।

यस पटक भर्ना गराउने स्वयं सेवकसेविका उहान शहरमा बसोबास गर्ने नागरिक हुनुपर्ने, स्वयं सेवकसेविकाको उमेर १८ वर्षदेखि ५५ वर्षसम्म हुनुपर्ने सर्तहरु रहेका छन्। त्यसैगरी उनीहरु स्वस्थ हुनुपर्छ। उनीहरूले स्वयं सेवा उपलब्ध गराउनुअघिका दुई साता कोरोना भाइरस संक्रमित विरामी र शंकास्पद संक्रमित भएका विरामीसँग सम्पर्क गरेका व्यक्तिले स्वयंसेवा गर्न पाउने छैनन्। स्वयं सेवकसेविकालाई मास्क र पन्जा उपलब्ध गराइने छ।

प्रारम्भिक तथ्यांकअनुसार, महामारी भएयता उहान शहरको विभिन्न आबास समुदाय र गाउँका स्वयंसेवकको संख्या पचास हजार बराबर पुगेको छ।

जानकारी तथा लेखहरु