फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीबाट चिनियाँ वैदेशिक व्यापारमा परिवर्तन नहुने

(GMT+08:00) 2020-02-24 18:20:34

कोरोना भाइरस महामारीले चिनियाँ वैदेशिक व्यापार दीर्घकालमा राम्रो दिशातिर विकसित प्रवृत्तिमा परिवर्तन हुने र वैदेशिक लगानी भित्र्याउने चिनियाँ मिलीजुली श्रेष्ठतामा पनि कुनै परिवर्तन गर्ने छैन। फेब्रुअरी २४ तारिख आयोजित चिनियाँ राज्य परिषदको प्रेस कार्यालयको पत्रकार सम्मेलनमा वाणिज्य मन्त्री मन्त्रालयका रन हुङपिनले उक्त कुरा बताउनुभएको हो।

रनका अनुसार, व्यवसायको पुनःउत्पादनलाई सहयोग गर्नका लागि वाणिज्य मन्त्रालयले २० नीति प्रस्तुत गर्नुका साथै, वित्त तथा कर, केन्द्रीय बैंक, भन्सारलगायत विभागहरूले पनि सहयोग नीति प्रस्तुत गरेका छन्। हालसम्म क्वाङ तुङ, च्याङ सु, पैचिङ, शाङहाई, स छ्वान आदि क्षेत्रमा चाँडै पुनःउत्पादन सुरू गर्नुका साथै चच्याङ प्रान्तमा उत्पादन मात्रा एक लाख अमेरिकी डलरभन्दा बढी भएर ९० प्रतिशत व्यवसायले उत्पादन सुरू गरेका छन्।

चालु वर्षको पहिलो त्रैमासिक अवधिमा विदेशी लगानी भित्र्याउने अवस्थामा स्पष्ट प्रभावित हुने अनुमान गरे तापनि यो प्रभाव चरणबद्ध र नियन्त्रित भएको उहाँले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु