फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकसित निहित शक्ति विश्व अर्थतन्त्रको स्थिरसँग सम्बन्धित

(GMT+08:00) 2020-02-24 20:02:59
नयाँ कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण तथा आर्थिक सामाजिक विकासको समन्वय र प्रवर्द्धन सम्मेलन फेब्रुअरी २३ तारिख सम्पन्न भयो। लगभग १ लाख ७० हजार व्यक्तिले उक्त टेलिभिजन बैठकमा सहभागी भएका छन्। सो अवसरमा चीनका सर्वोच्च नेता सी चिन फिङले चालू वर्षको आर्थिक तथा सामाजिक विकास कार्यभारलाई साकार तुल्याउन चिनियाँ विकासको विशाल निहित शक्ति र बलियो गतिले उर्जा निकाल्ने कुरा दोहोर्‍याउनुभएको छ।

वर्तमान चीनको जीडीपी विश्वमा लगभग १६ प्रतिशत पुगेर विश्वको आर्थिक वृद्धिमा योगदान दर ३० प्रतिशतभन्दा बढी भएको छ। महामारीको सामना गर्न चीनको नीति समय अनुसार अझ बलियो भएर झन् बढी निहित शक्ति र गति निकाल्ने उर्जा बनेको छ। यसले विश्वको अर्थतन्त्र झन् स्थिर हुनेछ। त्यसैले चीनले राम्रोसँग महामारीको रोकथाम तथा नियन्त्रण र पुनःउत्पादन मिलाउनु आफ्नो लागि मात्र होइन विश्वाका लागि पनि भएको छ।

हाल महामारीको प्रभाव अल्पकालीन र समग्रमा नियन्त्रित रहेको र चिनियाँ अर्थतन्त्रको दीर्घकालीन राम्रो दिशातिर विकसित अवस्थामा परिवर्तन नहुने विचार अन्तर्राष्ट्रिय अर्थशास्त्र क्षेत्रले गरेको छ।

जानकारी तथा लेखहरु