फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मास्कको चर्को अभाव टार्न चीनको सशक्त सिर्जना

(GMT+08:00) 2020-02-25 10:57:17

मास्क लगायतका चिकित्सा प्रतिरोधात्मक सामग्री निकै अभाव भएकाले अधिकांश चिकित्साकर्मीहरूको सुरक्षालाई प्रत्यक्ष रुपमा असर पारेको मात्र नभई हाल चिनियाँ उद्योग-व्यवसायहरूले काम र उत्पादनको पुन:आरम्भ गर्नका लागि समाधान गरिनुपर्ने समस्या नै हो। ती प्रतिरोधात्मक सामग्री अभाव भएमा उत्पादन पुन: रोकिनुका साथै रोग अझ फैलावट हुनसक्ने सम्भावना रहन्छ। यस्तो कठिनाईको समाधान गर्नका लागि बितेका केही दिनयता समस्त चिनियाँहरूले एकतावद्ध भएर सक्दो प्रयासमार्फत मास्क निकै अभाव हुने समस्याको समाधान गरिरहेका छन्।

गत फेब्रुअरी १९ तारिख शाङहाई मोटर-गाडी लिमिटेड समूह मातहतको वुलिङ व्यवसायले मास्कको उत्पादन र मास्क यन्त्रको उत्पादन गर्ने चीनको पहिलो मोटर-गाडी व्यवसाय बनेको देखिन्छ। त्यस व्यवसायले करिब ७ दिनको समयमा १० लाखवटा मास्कको उत्पादन गरिसकेको छ भने ७६ घण्टामा मास्क यन्त्रको पनि उत्पादन गरिसकेको छ। त्यसको वैबोमा के लेखिएको छ भने जनतालाई जे चाहिन्छ, वुलिङले सो उत्पादन गर्नेछ।

राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख एनसीपीको प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। आफ्नो सम्बोधनमा उहाँले सकारात्मक कदम चालेर चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्क लगायतका सामग्रीको उत्पादन गर्ने उद्योग-व्यवसायले चाँडै नै काम र उत्पादन पुन:शुरु गर्ने, विविध तरिकामार्फत उत्पादन क्षमता र मात्रालाई बढाउने, महत्वपूर्ण सामग्रीलाई देशले एकीकृत रुपमा समन्वय गर्ने, यातायातको ढुवानीका लागि हरित मार्गको स्थापना गर्ने र शृंखलावद्ध कदम चालेर महत्वपूर्ण क्षेत्रमा चिकित्सा सामग्री र जीवनका आधारभूत माल सामानको आपूर्तिलाई सुनिश्चित पार्न आग्रह गर्नुभएको थियो।

जानकारी तथा लेखहरु