फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द वाल स्ट्रिट जर्नलद्वारा चीनमाथि अपमान भएको लेखप्रति क्षमायाचना गरिएको छैन

(GMT+08:00) 2020-02-25 11:02:58

फेब्रुअरी तीन तारिख द वाल स्ट्रिट जर्नलले एउटा 'चीन एक साँच्चै पूर्वी एशियाको बिरामी मानिस' शीर्षकको विभेदपूर्ण लेख प्रकाशित गर्दै कोरोना भाइरस विरुद्ध चीनले गरेको प्रयासलाई बङ्ग्याउनुका साथै चीनको अर्थतन्त्रमा गिरावट आउने कुरा लेखेको थियो। यसबाट चिनियाँ जनताले कडा रोष प्रकट गर्नुका साथै अन्तर्राष्ट्रिय समाजले पनि व्यापक निन्दा गरेको छ।

बीस तारिख द वाल स्ट्रिट जर्नलका 53 जना कर्मचारीले संयुक्त रुपमा जर्नलको व्यवस्थापन समितिलाई ईमेल पठाएर पहिले प्रकाशित 'चाइना इज द रियल सिक म्यान अफ एशिया, भन्ने आशयको लेख सच्याउँदै खिन्न पारिएका पाठकप्रति क्षमायाचना गर्न माग गरेका छन्। यी कर्मचारीका अनुसार, यो एउटा गलत शीर्षक हुनुका साथै गहिरो रुपमा सबै चिनियाँ जनतासहित धेरै मानिसको चित्त दुखाउने शीर्षक हो। तर द वाल स्ट्रिट जर्नलका प्रवक्ताले फेब्रुअरी २२ तारिख व्यक्त गर्दै वाल स्ट्रिट जर्नलको अडान अहिलेसम्म परिवर्तन नभएको बताएका थिए।

चीनको परराष्ट्र मन्त्रालयका नवनियुक्त प्रवक्ता चाउ ली च्यानले हिजो फेब्रअरी २४ तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै द वाल स्ट्रिट जर्नलले जानाजानी अपमान गरेकोमा चीनले मौनता नसाँधेको बताउनुभयो। 'द वाल स्ट्रिट जर्नलले चीनलाई सरापेको छ। किन चीनसामु क्षमायाचना गर्ने साहस छैन?' प्रवक्ता चाउले द वाल स्ट्रिट जर्नललाई प्रश्न गर्नुभएको छ।

फेब्रुअरी २४ तारिख चाइना मिडिया ग्रुपले प्रकाशित गरेको 'विश्व टृष्टिकोण'मा हालै कोरोना भाइरस प्रतिरोधको मुख्य समयमा द वाल स्ट्रिट जर्नलले गरेको व्यवहार एउटा खतरनाक चिन्ह भएको औंल्याउँदै अमेरिका तथा केही पश्चिमा मुलुकमा चीन अथवा चिनियाँ मूलका विदेशी लक्षित गर्दै जातियता पुनः उत्पन्न भएको देखिन्छ। यसले विश्वमा एनसीपी विरुद्ध चीनले गरेको प्रयासलाई कमजोर तुल्याउनुका साथै विश्व शान्ति र विकासमा पनि खतरा बढाउने छ।

जानकारी तथा लेखहरु