फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको प्रतिरोधमा चिनियाँ कदम सबैभन्दा उपयुक्त

(GMT+08:00) 2020-02-25 19:30:36

चीनको उपाय हालसम्म थाहा भएको एउटा मात्रै र वास्तविकताबाट पुष्टि भएको सफल उपाय हो। कोरोना भाइरस संक्रमण महामारीसम्बन्धी चीन-विश्व स्वास्थ्य संगठनका संयुक्त विशेषज्ञद्वारा गठिक अध्ययन मण्डलले फेब्रुअरी २४ तारिख पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका उच्चस्तरीय परामर्शदाता ब्रुस एलवोर्डले उक्त कुरा बताउनुभएको हो।

अध्यायन मण्डलको विचारमा चीनले चालेका कदमले महामारीको प्रसारको रोकथाममा स्पष्ट उपलब्धि हासिल गरेको छ। मण्डलले अरू देशलाई चीनप्रति चालेको कदमको छिटै पुनः मूल्याङ्कन गर्ने सुझाव पनि दिएको छ।

यो सक्रिय मूल्याङ्कन महामारीको रोकथाम तथा नियन्त्रणबारे गहिरो रूपमा अनुसन्धान गरेपछि प्राप्त गरिएको हो। १२ जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूद्वारा गठित अध्ययन मण्डलले नौ दिनमा पैचिङ, क्वाङ तुङ, सछ्वान, हु पै आदि क्षेत्रको निरीक्षण गरेको छ। जसबाट प्राप्त समीक्षसँग अख्तियार र विश्वसनीयता रहेको छ।

जानकारी तथा लेखहरु