फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संकटमा अरूलाई सहयोग गर्नु सबैको कर्तव्य

(GMT+08:00) 2020-02-26 21:30:01

अरूले तपाईंलाई थोरै सहयोग गरेमा तपाईंले अरूलाई अझ बढी सहयोग गर्नुपर्छ। फेब्रुअरी २५ तारिख आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ लिच्यानले उक्त उखानद्वारा अन्तर्राष्ट्रिय जगतको समर्थन तथा सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुका साथै विश्व सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्ने अठोट तथा जिम्मेवारीवोधको धारणा व्यक्त गर्नुभएको छ।

महामारीपछि करिब १७० देशका नेतागण र ४० अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूले सन्देशपठाएर चीनलाई समर्थन गरेका छन्। धेरै देशहरूले सहयोग स्वरूप रकम तथा सामान चीनलाई प्रदान गरेका छन्।

चीन सहयोगीहरुको भावना बुझ्ने राष्ट्र हो। अन्तर्राष्ट्रिय जगतबाट दिइएको समर्थन तथा सहयोगप्रति चीनले गहिरो रूपमा याद गर्नुका साथै जवाफ पनि दिनेछ।

चीनसँग महामारीको विरूद्ध संघर्ष गर्ने अनुभव हुनुका साथै विश्व सार्वजनिक स्वस्थ्यको जिम्मेवारी वहन गर्ने अठोट पनि छ। त्यसैले चीनले आफ्नो महामारीको विरूद्ध काम गर्नुका साथै जापान तथा दक्षिण कोरियासँग सूचना तथा अनुभव बाढेर उनीहरूको मागअनुसार सक्दो प्रयासमा समर्थन तथा सहयोग गर्ने इच्छा राखेको छ। साथै चीनले स्वास्थ्य प्रणाली तुलनात्मक कमजोर भएका देशहरूलाई सक्दो प्रयासमा समर्थन दिनेछ।

हालसम्म चीनले इरान, जापान, अफ्रिकी मुलुकहरूलाई मास्क, भाइरल न्यूक्लिक एसिडको जाँच प्रविधि लगायत विविध किसिमको सहयोग गरिसकेको छ।

संकटमा अरूलाई सहयोग गर्नु आफूलाई सहयोग गर्नु हो। कठिनाइमा एक-अर्कालाई सहयोग र समर्थन गरेमा विश्वले महामारीलाई जितेर उचित लिगमा फर्कनेछ।

जानकारी तथा लेखहरु