फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघ, मानव अधिकार परिषद्को ४३औं सम्मेलनमा सिन्च्याङ्बारेको नक्कली भनाइको चीनद्वारा खण्डन

(GMT+08:00) 2020-02-27 14:48:35

स्थानीय समय अनुसार फेब्रुअरी २६ तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ४३औं सम्मेलन जेनेभामा आयोजित भएको छ। बेलायत लगायत केही मुलुकले सम्मेलनमा चीनको सिन्च्याङ्का बारेमा आधारहीन अभिव्यक्ति दिएको भन्दै चीनको परराष्ट्र मन्त्रालय मानव अधिकार विशेषदूत लिउ ह्वाले निष्ठापूर्वक खण्डन गर्नुभएको छ। उहाँले सम्बन्धित मुलुकले तथ्य कुरालाई बंग्याएर चीनको आन्तरिक मामिला र न्यायिक स्वतन्त्रतामा हस्तक्षेप गरेकोमा कडा प्रतिवाद गर्ने बताउनुभयो।

विशेषदूत लिउ ह्वाले सिन्च्याङ् चीनको सार्वभौमिक हितसम्बन्धी विषय रहेको औंल्याउँदै गत शताब्दीको नब्बे दशकदेखि चीनको भित्री र बाहिरी आतंकवाद, पृथकतावाद् र उग्रवादले सिन्च्याङ्मा हजारौं हिंसात्मक आतंकवादी घटना भएको र यसबाट ठूलो जनधनको क्षति, स्थानीय जनताको बाँच्न पाउने अधिकार तथा अन्य विभिन्न अधिकारहरू कुल्चिएको बताउनुभयो। चीन सरकारले कानून बमोजिम सिन्च्याङ्मा श्रृंखलावद्ध आतंकवाद र उग्रवाद प्रतिरोधका कदम चालेको छ। यी मध्ये पेशागत कौशल तालिम केन्द्रको स्थापना गरेर सिन्च्याङ्को सुरक्षा अवस्थामा परिवर्तन ल्याउँदै यहाँ रहेका विभिन्न जातिको बाँच्न पाउने अधिकार, स्वास्थ्य अधिकार, विकास अधिकार समावेश भएका आधारभूत अधिकारको प्रत्याभूति तथा यसमा विभिन्न जातिका जनताको व्यापक समर्थन रहेको पनि विशेषदूत लिउले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु