फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"जनताका आफ्नै सेना"द्वारा बन्दुकको धुवाँ देख्ननसकिने लडाइँलाई पराजित गर्ने

(GMT+08:00) 2020-02-27 16:01:05

चिनियाँ जन मुक्ति सेना "जनताका आफ्नै सेना" हो। "जनताका आफ्नो सेना" भनेको सैनिकहरू जनताबाट आएका हुन् र उनीहरू जनताका लागि सेवा दिने सशस्त्र शक्ति हुन्। प्रकोप आएको बेलामा चीनको सेना सबैभन्दा अगाडि हिँड्ने गर्दछन्। चिनियाँ पात्रोअनुसार नव वर्ष आउनुअघि कोरोना भाइरस महामारी भएको छ। यो देख्ननसकिने शत्रु हो। जनताका आफ्नो सेनाले बन्दुकको धुवाँ देख्ननसकिने लडाइँ गर्न थालेका छन्।

जनवरी २४ तारिख अर्थात् उहान शहर बन्द हुने घोषणा गरेको दोस्रो दिन चिनियाँ सेनाले तीनवटा चिकित्सा टोलीका चार सय पचास जनालाई उहानमा पठाएको छ। उनीहरू शांगहाई, छोङ छिङ र सी आनबाट प्रस्थान गरी उहानलाई सहायता दिन गएका हुन्। फेब्रुअरी २ तारिख, १३ तारिख र १७ तारिख चिनियाँ सेनाले दुई हजार चार सय जना चिकित्सक र सय टनको सामग्री उहानतर्फ पठाएको छ।

हालसम्म उहानलाई सहायता दिएका सैनिक चिकित्सकको संख्या चार हजारभन्दा बढी पुगेको छ। उनीहरूले चीनको विभिन्न क्षेत्रका करीब तीस हजार चिकित्सकसँग उहानका अस्पतालहरूमा विरामीलाई उपचार दिइरहेका छन्।

जानकारी तथा लेखहरु