फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओको झुटो र लुप्त अमेरिका

(GMT+08:00) 2020-02-27 21:16:51

केही दिनअघि आयोजित म्युनिक सुरक्षा बैठकमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पश्चिमाले सामूहिक विजय गरिरहेको कुरा उठाउनु भएको थियो। तर बेलायती गार्जियन अखबारले एउटा लेख प्रकाशित गर्दै पोम्पेओको आलोचना गरेको छ।

उक्त लेखका अनुसार, अमेरिका र बेलायतले सामूहिक विजय प्राप्त नगरेको मात्र नभई सम्बन्ध अझ टाढा भएको छ। ह्वावे फाइभ जीबारे यी विशेष सहयोगीहरूले फरक धारणा लिएका छन्। आगामी महिना आयोजना हुने अमेरिका र बेलायतका नेतागबीचको वार्ता रद्द भइससकेको जनाइएको छ।

बेलायतले स्वदेशको फाइभ जी निर्माणमा ह्वावेको संलग्न स्वीकार गरेको छ। जसले ह्वावेको प्रविधि विश्वसनीय र सुरक्षित भएको पुष्टि गरेको छ। साथै यूरोपेली संघबाट हटाएपछि बेलायतले चीनसँगको सहयोगलाई कायम राख्ने बलियो इच्छा पनि देखाएको छ। ह्वावे फाइभ जी प्रविधिसम्बन्धी अडान तथा आगामी अमेरिका तथा बेलायतको व्यापारिक सन्धिबारे हेर्दा अमेरिकाको घमण्डी धारणा बेलायतका लागि ठूलो चुनौती बनेको उक्त लेखमा विश्लेषण गरिएको छ।

साथै अमेरिका र यूरोपको सम्बन्धमा पनि समस्या छ। अमेरिकी नीतिले व्यापार, राजनीति तथा सुरक्षा मामिलामा प्रभाव पारेको छ। यस अमेरिका सरकारको तर्कमा पूरै विश्वले अमेरिकाबाट लाभ पाएको छ। त्यसैले अमेरिकाले एकपक्षीयतावादी कदमद्वारा तथाकथिक नयाँ अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक व्यवस्थाको निर्माण गर्न खोजेको छ।

गार्जियन अखबारमा प्रकाशित लेखमा यस्तो विषय छ-केही अमेरिकी राजनीतिज्ञहरु आत्मसंतोष, गौरव तथा बनावटी अवस्थामा रहेका छन्। त्यसै गरी अमेरिकाले लुप्त बाटोमा झन् झन् टाढा गएको छ।

जानकारी तथा लेखहरु