फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बौद्धिक सम्पदा अधिकार संगठनको निर्वाचपूर्व अमेरिकाद्वारा राजनीतिक नाटक

(GMT+08:00) 2020-02-28 19:07:34

विश्व बौद्धिक सम्पदा अधिकार संगठनका महाप्रबन्धकको निर्वाचन आगामी साता स्विजर्ल्याण्डको जेनेभामा आयोजना हुने भएको छ। चीनलगायतका केही मुलुकहरूले उक्त पदको प्रतिस्पर्धा गर्न उम्मेदवार प्रस्तुत गरेका छन्। तर यो निर्वाचनको प्रतिस्पर्धा हुनुअघि अमेरिकाका केही व्यक्तिहरूले "राजनीतिक नाटक" को निर्देशन र अभिनय सुरु गरेका छन्।

अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओको टोलीले "चीनले बौद्धिक सम्पदा अधिकार चोरेको" भन्दै वदनाम गरेको भन्दै चीनले अन्तर्देशीय बौद्धिक सम्पदा अधिकार नीतिको तर्जुमा गर्न सहयोग गर्ने संस्थानको नेतृत्व गर्नु वाहियात भएको बताउनु भएको छ। अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले "फाइनासिकल टाइम्स"मा लेख प्रकाशित गर्दै चीनले विश्व बौद्धिक सम्पदा अधिकार संगठनको नियन्त्रण गर्नु हुँदैन भन्ने प्रचार गर्नु भएको छ।

विश्व बौद्धिक सम्पदा अधिकार संगठन संयुक्त राष्ट्र संघको एक अभिन्न संस्था हो। यो संगठनको मुख्य जिम्मेवारी विश्वको विभिन्न मुलुकको बौद्धिक सम्पदाको संरक्षण गर्नु हो। जिम्मेवार व्यक्तिको कार्यावधि छ वर्ष हुने गर्छ। जुनसुकै सदस्य मुलुकले निर्वाचनमा सहभागी हुने योग्यता हुन्छ। सन् १९८० जुन तीन तारिख यो संगठनमा संलग्न भएयता चीनले बौद्धिक सम्पदा अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तर रुपमा बढाइरहेको छ।

चीनको तर्फबाट निर्वाचनको प्रतिस्पर्धामा उम्मेदरवार बन्नु भएकी वाङ शान यिङ हाल विश्व बौद्धिक सम्पदा अधिकार संगठनकी उप महाप्रबन्धक हुनुहुन्छ। उहाँले उक्त संगठनमा करीब तीस वर्षसम्म काम गर्नुभएको छ। उहाँलाई सबैभन्दा प्रशस्त अनुभव, सबैभन्दा शक्तिशाली क्षमता र सबैभन्दा प्रतिस्पर्धात्मक शक्ति भएकी उम्मेदवार मानिन्छ।

जानकारी तथा लेखहरु