फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा चीनको प्रशंसा

(GMT+08:00) 2020-03-01 18:42:25

चीनले इतिहासमा सबैभन्दा साहसी, सबैभन्दा लचिलो र सबैभन्दा सकारात्मक कदम चालेको छ।

फेब्रुअरी २९ तारिख सार्वजनिक भएको "कोभिड १९ सम्बन्धी चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त निरीक्षण प्रतिवेदन"मा उल्लिखित अंश व्यक्त गरिएको छ।

चीन, जर्मनी, जापान, दक्षिण कोरिया, नाइजेरिया, रुस, सिंगापुर, अमेरिका र विश्व स्वास्थ्य संगठनका २५ जना विशेषज्ञले चीनको नौ दिने निरीक्षण गरेपछि उक्त नतिजा प्रस्तुत गरिएको हो।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका उच्च स्तरीय सल्लाहकार ब्रुस एयलवार्ड यस पटकको संयुक्त निरीक्षण टोलीका विदेशी प्रमुख हुनुहुन्छ। हाल उहाँले पैचिङ र जेनेभामा आयोजित दुईवटा पत्रकार सम्मेलनमा आफ्नो अनुभवबारे चर्चा गर्दै भन्नुभयो, "यदि मलाई कोरोना संक्रमण भएमा मैले चीनमा उपचार गराउनेछु।"

चीनका सर्वोच्च नेता सी चिन फिङले विदेशका नेताहरूसँग टेलिफोन वार्ता गर्दै विदेशी अतिथिसँग भेटघाट गर्नुभएको र विदेशी मित्रतालाई जवाफी पत्र पठाउनुभएको छ। सो अवसरमा उहाँले मानव एक भाग्य समुदाय हो भन्दै चीनले विभिन्न मुलुकसँग सहयोगलाई बढाउने, महामारीको संयुक्त र प्रभावकारी रुपमा सामना गर्ने, क्षेत्रीय तथा विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

चीनले जापान, दक्षिण कोरिया, इरानआदि मुलुकहरूसँग घनिष्ठ आदान-प्रदान गरेको, सूचना र अनुभाव बाँडेका, चिकित्सा सामग्रीको प्रदान गरेको छ।

महामारीको सिमानाविहीन हुन्छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस एधनोम धेब्रेयेसुसले भन्नुभए झैं सही कदम चाल्ने हो भने महामारी रोक्नसकिने छ। यो चीनबाट आएको महत्वपूर्ण सूचनाहरूमध्येको एक हो।

जानकारी तथा लेखहरु