फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सारा विश्वको सार्वजनिक स्वास्थ्य संकटलाई राजनीतिक परिहास बनाउने?

(GMT+08:00) 2020-03-02 18:56:27
हामी निर्णय गर्ने महत्वपूर्ण अवधिमा रहिरहेका छौं। तिमीहरूका लागि त्यो मौका हो। तुरुन्तै कदम चालेमा त्यस भाइरसको नियन्त्रण गर्न, मानिसहरू बिरामी हुन नदिन र ज्यान जोगाउन सकिनेछ। एनसीपी सारा विश्वमा फैलिंदै जाने अवस्थाको सामना गर्दै विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अदहानोम घेब्रेयेसुसले हाल उक्त जरुरी आह्वान गर्नुभएको हो।

प्राप्त जानकारी अनुसार, मार्च २ तारिख मध्यान्हसम्म विश्वमा ६० वटाभन्दा बढी मुलुकमा एनसीपी रोग देखा परेको देखिन्छ। विश्व स्वास्थ्य संगठनले रोग सम्बन्धी विश्व खतरा स्तरलाई सर्वोच्च अर्थात् ज्यादै उच्च भन्ने स्तरमा उकासेको छ। यसबाहेक, विश्व स्वास्थ्य संगठन डब्लुएचओले चाहने मुलुकका लागि जाँचबुझ सामग्री, प्रतिरोधात्मक प्रबन्ध र अनलाईन तालिम उपलब्ध गराउनेछ।

यसका अतिरिक्त एनसीपी रोगको प्रतिरोध गर्ने अनुभव पाएको मुलुकको हैसियतले चीनले स्वदेशको रोग निवारण र नियन्त्रण कार्यमा टडकारो प्रगति प्राप्त गर्नुका साथै सक्दो प्रयासमार्फत अन्य मुलुकलाई सहायता दिइरहेको छ।

तर यस्तो महत्वपूर्ण अवस्थामा केही पश्चिमा राजनीतिज्ञले राजनीतिक हितको ख्याल-विचार गर्दै नक्कली कुरा निकालेर चीनलाई बदनाम गर्दै आएका छन्?

अवश्य पनि, कुरा के छ भने सारा विश्वको सार्वजनिक स्वास्थ्य संकट अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारिने चौतारो मात्र बन्न सक्नेछ। बरु त्यसलाई राजनीतिक हास्य नाटकको रुपमा अपनाउनु हुँदैन।

जानकारी तथा लेखहरु