फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बाहिर कोभिड १९ संक्रमितको संख्या ८ हजार ७ सय ७४

(GMT+08:00) 2020-03-03 11:12:09

स्थानीय मार्च दुई तारिख विश्व स्वास्थ्य संगठनले पछिल्लो कोभिड १९ बाट सङक्रमित अवस्था दैनिक प्रतिवेदन सार्वजनिक गरेको छ। मध्य युरोपमा मार्च २ तारिख विहान दश बजेसम्म चीन बाहिर ६४ मुलुकमा कोभिड १९ संक्रमण भएको निश्चित भएको छ र सङक्रमित बिरामीको संख्या ८ हजार ७ सय ७४ पुग्नुका साथै १ सय २८ जनाको ज्यान गएको छ। अघिल्लो दिनको तुलनामा १ हजार ५ सय ९८ संक्रमितको संख्या थपिको छ। आर्मेनिया, चेक, डोमिनिका, लक्जमबर्ग, आइसल्याण्ड तथा इन्डोनेसिया छवटा मुलुकमा कोभिड १९ का संक्रमित देखिएका छन्।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्ध टेड्रस अधनोम घब्रेयसुसले मार्च २ मा आयोजित पत्रकार सम्मेलनमा चीनमा संक्रमितको संख्या निरन्तर घट्नुका साथै विगत चौब्बीस घण्टामा चीन बाहिर मुलुकमा नयाँ थपिएको रोगीको संख्या चीनभन्दा नौ गुणा बढेको बताउनु भयो।

महाप्रबन्ध टेड्रसले दक्षिण कोरिया, इटाली, इरान र जापानको अवस्था चिन्ताजनक रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विशेष कार्यटोलीलाई इरानमा पठाएर स्थानीय कोरोना भाइरसको प्रतिरोध गर्ने काममा सहयोग गरेको भन्दै अहिले विश्व स्वास्थ्य संगठनले इरानमा तैनाथ भएको टोलीका एक जना कर्मचारी पनि कोरोना भाइरस लागेको तर उनी थोरै प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु