फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विज्ञान-प्रविधिले चीनलाई कोरोना प्रतिरोधमा सशक्त समर्थन

(GMT+08:00) 2020-03-03 19:16:59

"मानव जातिले रोगसँग संघर्ष गर्दा सबैभन्दा सशक्त हतियार के छ भने विज्ञान र प्रविधि हुन्। मानव जातिले विनाशकारी प्रकोप र रोगलाई पराजित गर्न वैज्ञानिक विकास र प्राविधिक सिर्जनामा भर पर्नुपर्छ।" चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २ तारिख पैचिङमा एनसीपीको निवारण र नियन्त्रण कार्यको निरीक्षण गर्दै उक्त कुरा औँल्याउनुभएको हो।

एनसीपी रोग देखा परेयता समयसँगै दौडने र रोगसँग सँघर्ष गर्ने शृंखलावद्ध वैज्ञानिक र प्राविधिक अनुसन्धान कार्य तुरुन्तै चीनमा शुरु भएको छ। विविध शास्त्र र क्षेत्रका चिनियाँ वैज्ञानिक अनुसन्धान समूहहरूले एकले अर्कासँग सहकार्य गर्दै औषधोपचार, भ्याक्सिनको अनुसन्धान, जाँचबुझ प्रविधि र उत्पादित वस्तु, रोग सम्बन्धी ठोस विषय र सरुवा रोगका विषय तथा जनावर मोडलको निर्माण भन्ने ती ५ किसिमका विषयलाई निश्चित पारेका छन्। ती अनुसन्धान समूहहरूले करिब १ महिनाभन्दा लामो समयभित्र सक्रियताका साथ रोग निवारण र नियन्त्रण कार्यलाई सशक्त वैज्ञानिक र प्राविधिक समर्थन उपलब्ध गराएका छन्।

चीनका नेता सी चिनफिङले निरीक्षण गर्ने अवधिमा भन्नुभए जस्तै व्यवस्थापनको श्रेष्ठताको आधारमा विज्ञान र प्रविधि भन्ने सशक्त हतियारको सदुपयोग गर्नुपर्छ। त्यसैले एनसीपीको अभूतपूर्व कठिन परिक्षामा विजय हासिल गर्न सक्नेमा विश्वस्त हुनसकिन्छ।

जानकारी तथा लेखहरु