फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भाग्यको एकरुपता भनेको के हो? व्यवहारद्वारा चीनको व्याख्या

(GMT+08:00) 2020-03-03 19:18:12
हाल एनसीपी रोग विश्वका ६० भन्दा बढी मुलुकमा फैलावट भइसकेको छ। अन्तर्राष्ट्रिय समाजले सक्रियताका साथ रोगको प्रतिरोध गर्नुका साथै सारा विश्वको सार्वजनिक सुरक्षाको संरक्षण गर्न चीनले गरेको प्रयासबारे पनि अझ गहिरो जानकारी लिएको छ।

मानिसहरूले के देखेका छन् भने रोग देखा परेपछि चीनका सर्वोच्च नेता सी चिनफिङले विदेशी नेतासँग टेलिफोन गर्दा, चीनको भ्रमणमा रहेका विदेशी पाहुनासँग भेटघाट गर्दा र विदेशी साथीलाई जवाफी चिठी पठाउँदा धेरै पटकगरी भाग्यको एकरुपता भन्ने विचारधाराबारे चर्चा गर्नुभएको छ। उहाँले स्वदेशका जनताको ज्यानको सुरक्षा र शारीरिक स्वास्थ्यका लागि चीन जिम्मेवार मात्र नभई सारा विश्वको सार्वजनिक स्वास्थ्य कार्यका लागि जिम्मेवार हुने कुरामा जोड दिनुभएको छ।

चीनले एनसीपी रोगको प्रतिरोधका लागि गरेको प्रयास स्वदेशका जनताको स्वास्थ्यका लागि संरक्षण रहेको मात्र नभई समस्त विश्वका लागि रोग निवारण र नियन्त्रणमा दिएको ठूलो समर्थन पनि हो। भाइरसका लागि देशको सिमाना भन्ने पटक्कै हुँदैन। संकट देखा परेको बेला मानव जाति भाग्यको एकरुपता भन्ने विचारधारा जुनसुकै बेलाको तुलनामा अझ सदिच्छा र न्यानो देखिन्छ। चीनले वास्तविक गतिविधिमार्फत् मानव जातिको भाग्य एकरुपता स्थापना गर्ने वचन-वद्धतालाई व्यवहारमा उतारिरहेको छ।

जानकारी तथा लेखहरु